0
Shares
काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको शनिबार साँझ निधन भएको छ । निधन भएका प्रकाशको शव पोस्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको छ । शनिबार साँझ भैँसेपाटीस्थित डेरामा अचेत अवस्थामा फेला उनलाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
तिमिल्सिनाको शव आइतबारै केही समय सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने संगीकार चेतन सापकोटाले जानकारी दिए । तिमिल्सिनाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिने परिवारका सदस्यले बताएका छन् ।
तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए । भैँसेपाटीमा बस्दै आएका तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीत गएका छन् ।