0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा स्थायी समिति बैठक बिहान ११ बजेदेखि सुरु भएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो धारणा शुक्रबारै राखिसकेकाले अरू नेताले आज राखी रहेका छन् । पार्टीले समसामयिक राजनीतिक उपस्थिति, जनपरिचालन,सङ्गठन निर्माण तथा विस्तार, पार्टी एकता एजेन्डा बनाएर छलफल चलिरहेको छ ।
स्थायी समिति बैठक सकिए लगत्तै केन्द्रीय समिति बैठकबाट कार्यक्रम र योजना बनाएर जनतामा जाने माओवादीले योजना बनाएको छ ।