यी हुन् नेप्से ६ प्रतिशत बढ्दा पनि घटेका ५ स्टक

0 Shares

काठमाडौँ । फागुन २१ गते, सोमबार, नेप्से परिसूचक ६ प्रतिशत बढेर नियमित कारोबार अवधिभन्दा अगाडि नै बन्द भएको छ।

यस दिन २३७ स्टकको शेयर कारोबार भएको थियो। जसमध्ये २३२ स्टकको शेयरमूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। यस दिन घटेका मूल्य घटेका स्टकमध्ये ३ म्युचुअल फण्ड रहेका छन् भने दुई लघुवित्त रहेका छन्।

यस दिन एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, एनआईबिएल समृद्धि फण्ड २ र एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईमूल्य घटेको हो भने ग्लोबल आइएमई लघुवित्त र गणपति लघुवित्तको शेयरमूल्य घटेको हो। यद्यपि, यी स्टकहरुको गिरावट दर भने न्यून रहेको छ।

सम्बन्धित समाचार