वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

0 Shares

काठमाडौं । अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।

करिडोरको बागलुङ नगरपालिका १० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी जानकारी दिए । करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारी साधन ठप्प भएको उनको भनाइ छ ।

अहिले वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिने जनाउँदै वर्षा रोकिएपछि खुलाउने प्रनाउ यादवले बताए । सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको यातायात बिच्छेद भएको छ ।

पहिरोले सडक भासिएको छ । गत हप्ता पनि अवरुद्ध भएको सडक सोमबार दिउँसो सञ्चालनमा आएकामा गएरातिको भारी वर्षाले सडक पुनः अवरुद्ध भएको हो ।

सम्बन्धित समाचार