भोलि र पर्सि देशभर वर्षा हुने, यी ३६ जिल्लामा ‘रेड अलर्ट’

0 Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले दुई दिन देशभर वर्षा हुने जनाएको छ । सोमबार विशेष बुलेटिन जारी गर्दै मनसुन न्यून चापीय रेखा नेपाल नजिक सर्ने सम्भावना भएकाले वर्षा हुने जनाएको हो ।

महाशाखाका अनुसार मंगलबार र बुधबार अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने छ ।

साथै, बागमती, गण्डकी, लुम्बिनी प्रदेश एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ । महाशाखाले मधेस र कर्णालीबाहेक प्रदेशका ३६ जिल्लामा रेड अलर्ट जारी गरेको छ ।

सम्बन्धित समाचार