धादिङबाट जाँदै गरेको माइक्रोमाथि रुख ढल्दा नौ जना घाइते

0 Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका ५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा नौ यात्रु घाइते भएका छन् । धादिङबाट काठमाडौं जाँदै गरेको बागमती १-००६ च ६२१२ नम्बरको माइक्रो बसमाथि रुख ढलेकाे हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भएको थियो । उनीहरूकाे अवस्था सामान्य रहेको छ ।

‘घाइते सबै खतरामुक्त छन्,’ प्रहरी नायब उपरीक्षक मिश्रले भने । रुख ढल्दा पृथ्वी राजमार्ग केहीबेर दुई तर्फी अवरुद्ध बनेको थियो ।

सम्बन्धित समाचार