0
Shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला डेढ लाख रुपैयाँ पुगेको छ । सोमबार सुन तोलाको तीन सय रुपैयाँ बढेसँगै अहिलेसम्मकै नयाँ रेकर्ड बनेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५० हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुनको मूल्य तोलामा एक लाख ४९ हजार ७०० रुपैयाँ कायम थियो ।
त्यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज प्रतितोला एक हजार ७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।