केपी ओलीको दाबी– अग्रमगनका लागि संविधान संशोधन गर्छौं

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र एमालेसहितको वर्तमान सत्ता समीकरणले अग्रमगनका लागि संविधान संशोधन गराउने बताएका छन् ।

नेकपा एमाले अध्यक्षसमेत रहेका अ‍ोलीले मनोनीत उपाध्यक्ष र केन्द्रीय सदस्यहरुको सपथ ग्रहणका लागि पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजेको भन्ने भ्रम फैलाउने कोशिस गरेको बताए ।

‘लोकतन्त्रलाई सुदृढ बनाउन, संविधानप्रतिको ग्राह्यता र स्वीकार्यता बढाउन, विकास र समृद्धिका थप आधार पहिल्याउन र जनतासँग एकाकार हुन संविधान संशोधन गर्ने हो,’ प्रधानमन्त्री ओलीले भने, ‘संविधान कुनै धार्मिक ग्रन्थजस्तो असंशोधनीय विषय होइन, हामीले कुनै लहडका भरमा संविधान संशोधनको कुरा गरेका होइनौँ, मानव केन्द्रित मुद्दालाई ध्यानमा राखेर हामी संविधान संशोधनको सोचमा छौँ ।’

प्रधानमन्त्री ओलीले राजनीति स्वच्छ प्रतिस्पर्धाका आधारमा जनतका लागि हुनु पर्ने र एमालेका नेता कार्यकर्ताले जनताप्रति नरम र जवाफदेही भएर काम गर्नु पर्नेमा जोड दिए । उनले वैचारिक र सांगठनिक रुपमा मुलुकको नेतृत्व गर्ने हकदार पार्टी पनि एमाले भएको स्पष्ट गरे ।

सम्बन्धित समाचार