एमाले उपाध्यक्षसहित १७ जना केन्द्रीय सदस्यले लिए शपथ

0 Shares

काठमाडौं । नेकपा एमालेका नवनियुक्त उपाध्यक्ष गुरु बरालसहित १७ जना केन्द्रीय सदस्यले शपथ लिएका छन् । आइतबार पार्टी मुख्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई शपथ खुवाएका हुन् ।

बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गरेको थियो । यस्तै, सुवास कर्माचार्य, कुन्दन कुशवाह, जितेन्द्र देव, रामपृत राम, कृष्णभक्त पोखरेल, कमलकृष्ण तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल र मनमोहन पौडेललाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

भरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जवेगुलाई समेत केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो ।

सम्बन्धित समाचार