0
Shares
काठमाडौं । सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेर सामान्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ । शुक्रबार सुनको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेर नयाँ रेकर्ड बनाएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैयरी तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ७२५ रुपैयाँमा खरिद बिक्री भएको छ ।
शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ९०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलमा १० रुपैयाँले घटेको छ । यस दिन चाँदी एक हजार ७८५ रुपैयाँमा किनबेच भएको छ । शुक्रबार चाँदीको मूल्य एक हजार ७९५ रुपैयाँमा किनबेच भएको थियो।