काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमु्ख नजिर मिँयाले आइतबार बेलुका ५ बजेसम्म नयाँ सरकार गठन गर्न समय दिएका छन् ।
शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन प्रक्रिया अगाडि बढाएका हुन् । सोडारी नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री भएका थिए ।
प्रदेश प्रमुख मिँयाले २ वा २ दल भन्दा बढीको समर्थनमा नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् । प्रदेश सरकार ढलेपछि सुदूरपश्चिम केन्द्रीय नेताहरूको सहमतिअनुसार कांग्रेसको भागमा परेको भन्दै लविङमा लागेका छन् ।
मुख्यमन्त्रीका लागि पूर्व मुख्यमन्त्री एवम् संसदीय दलका नेता कमलबहादुर शाह, प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र सासंद बहादुरसिंह थापा मुख्यमन्त्रीको दौडमा छन् । ति भएकामध्ये कसले मुख्यमन्त्री पाउने कुनै टुंगो लागको छैन ।