एमालेबाट मणि थापा पदमुक्त

0 Shares

काठमाडौं
नेकपा एमालेका स्थायी समिति सदस्य मणि थापा पदमुक्त भएका छन् । एमालेमा लामो समय पत्र लेखेर विदामा बसेका थापालाई गत बिहीबार बसेको सचिवालय बैठकबाट पदमुक्त गर्ने निर्णय गरेको हो ।
अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेर अनिश्चितकालीन विदामा बसेका थिए । पार्टी गतिविधिमा सक्रिय नभएपछि एमालेले सचिवालय बैठक बसेर पदमुक्त गर्ने निर्णय गरेको हो । थापालाई खबरविन्दुकर्मीले सम्पर्क गर्न खोज्दा मोइबाल अफ गरेका थिए । एमालेबाट पदमुक्त भएपछि उनले के गर्छन् भन्ने टुंगो लागेको छैन । थापाले केही समय जनवादी कलाकारको टिम बनाएर देशैभर सांस्कृति कार्यक्रम समेत गरेका थिए । थापा नेत्रविक्रम चन्द विप्लवसंग नजिक भएकाले उतै जान्छन् कि भन्ने आकलन छ ।
थापा तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी भएका थिए । जनयुद्धमा सांस्कृतिक मोर्चामा सक्रिय भई लागेका थापाले २०६२ सालको चुनवाङ बैठकपछि अलग भई आफ्नै नेतृत्वमा पार्टी निर्माण गरेका थिए । २०७३ सालमा दश माओवादी घटक एकता हुने क्रममा उनी एकता प्रक्रियामा जोडिएका थिए । दश माओवादी घटकबीच एकतापछि बनेको माओवादी केन्द्रमा थापा स्थायी समितिको जिम्मेवारीमा थिए । तत्कालीन एमाले माओवादी एकतापछि उनलाई स्थायी समितिको जिम्मेवारी दिइएको थियो । एमाले माओवादी ब्युँतिएपछि थापाले माओवादी छोडेर एमाले रोजेका थिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गैर सांसदको रूपमा खानेपानी मन्त्री बनाएपछि थापाले माओवादी छोडेका थिए । एमालेको चितवनमा भएको दसौँ महाधिवेशनमा उनलाई स्थायी समिति सदस्यको जिम्मेवारी दिइएको थियो । एमालेमा चित्त बुझ्दो अवसर नपाएपछि थापा पछिल्लो समय असन्तुष्ट थिए । त्यसपछि पार्टी अध्यक्षलाई नै पत्र लेखेर अनिश्चितकालीन विदामा बसेका थिए ।

सम्बन्धित समाचार