सिनामंगलको एक होटलमा युवक युवतीको शव फेला

0 Shares

काठमाडौं । काठमाडौं महानगर ९ सिनामंगलको एक गेस्ट हाउसमा महिला र पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार मृत भेटिनेमा बाजुराको त्रिवेणी नगरपालिका ४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्‍मा सार्की रहेका छन् ।

उक्त होटलमा उनीहरु गत साउन १५ गतेदेखि बस्दै आएको प्रहरीले जनाएको छ । आज दिउँसो १२ बजेसम्म खाना खान नआएपछि बोलाउन जाँदा उनीहरूले कुनै प्रतिक्रिया नदिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले ढोका खोलेर हेर्दा दुवै जना मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार