सत्ता गठबन्धन विघटनको संकेतसँगै बालुवाटार पुगे देउवा

0 Shares

काठमाडौं । सत्ता गठबन्धन दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न देउवा बालुवाटार पुगेका हुन् ।

सत्ता गठबन्धनको बालुवाटारमा तय भएको बैठकअघि देउवा प्रधानमन्त्रीसँँग आवश्यक छलफलका लागि बालुवाटार पुगेका हुन् ।

गएराति माओवादी र एमालेसहितका दलहरूबीच संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेपछि वर्तमान सत्ता गठबन्धन विघटनउन्मुख बनेको छ ।

सम्बन्धित समाचार