0
Shares
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहीबार १६ सय रुपैयाँले बढेको सुन शुक्रबार ५०० रुपैयाँले बढेसँगै नयाँ रेकर्ड बनेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला प्रतितोला एक लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।