0
Shares
काठमाडौं । झापाको हल्दिबारीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । हल्दिबारी ५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार मोटरसाइकल चालक हल्दिबारी गाउँपालिका ५ का ३१ वर्षीय प्रेम प्रसाई र सुनसरीको बराक्षेत्र नगरपालिका १० प्रकाशपुरका डिकेस कार्कीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई बिर्तामोडस्थित बीएण्डसी अस्पातालमा पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । पिकअप भ्यान र त्यसका चालक ३७ वर्षीय दिपेन राईलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको छ ।