नेपाल टेलिकमको सेवा प्रभावित हुने, यी सेवामा असर नहुने

0 Shares

काठमाडौं । नेपाल टेलिकमले एक सूचना जारी गर्दै चार घण्टा सेवा प्रभावित हुन सक्ने जनाएको छ । बिलिङ प्रणाली स्तरोन्नतिको काम भएकाले सेवा प्रभावित हुने जानकारी दिएको हो ।

टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा प्रभावित हुन सक्ने जनाएको छ । यस अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा क्यारी सेवा प्रभावित हुने जनाएको छ ।

उक्त समयमा मोबाइल भ्वाइस, डाटा तथा एसएमएस सेवा भने यथावत् हुने कम्पनीले जनाएको छ । अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने व्यवस्था गरेको छ ।

सम्बन्धित समाचार