बाढीले पार्टी कार्यालय डुबाएपछि अन्यत्र बस्दै एमालेको बैठक

0 Shares

काठमाडौं । नेकपा एमालेको बैठक पार्टी कार्यालयमा नबस्ने भएको छ । बुधबार बिहान आएको बाढी पार्टी कार्यालयमा पसेर क्षति पुगेपछि पार्टीको बैठक सारिएको हो ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँदै बैठक अन्तै बस्ने भएको बताए ।

‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ, मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यस पटक बैठक अन्यत्र राखिएको छ,’ प्रधानमन्त्री ओलीले भने ।

सम्बन्धित समाचार