खोलाले बगाउँदा दाजुको मृत्यु, भाइ पौडिएर उत्रिए

0 Shares

काठमाडौं । दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । खोलाले बगाउँदा तुलसीपुर–२ झारगाउँ निवासी ६७ वर्षीय तेजबहादुर भण्डारीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार आफन्तको घर गएर फर्किने क्रममा उनलाई खोलाले बगाएको हो ।

तेजबहादुरका ६४ वर्षीय भाइ चेतबहादुरसँग गएका फर्किने क्रममा खोलाले दुवै दाजुभाइलाई बगाएको थियो । भाइ चेतबहादुर पौडी खेलेर निस्केका थिए । दाजु तेजबहादुरलाई एक किलोमिटर तलबाट मृतावस्थामा उद्धार गरिएको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार