काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल पदबाट राजीनामा दिएका छन् । उनले पार्टी बनाउन सबै पदाधिकारीले पद छाड्नु पर्ने बताउँदै राजीनामा दिएको जनाइएको छ ।
उनले पदाधिकारी बैठकमा छ बुँदे घोषणा पत्र पेश गरेको स्रोतले जनाएको छ । यस क्रममा उनले सबै पदाधिारीले राजीनामा दिनुको विकल्प नभएको लिखित पत्रसमेत पेस गरेका छन् ।
उपमहासचिव गजुरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै राजीनामा पत्रमा पार्टी बिग्रनुमा आफूसमेत दोषी रहेको स्वीकार गरेका छन् ।
उनले पार्टीमा देखा परेका समस्या समाधान गर्न बृहत् छलफल नगर्ने हो भने गम्भीर दुर्घटनामा पर्ने चेतावनीसमेत दिएका छन् । यसैबीच राष्ट्रियसभा निर्वाचनमा अध्यक्ष प्रचण्डले भाइ नारायण दाहाललाई अध्यक्ष बनाइएकोप्रति उनले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
गजुरेलले यसअघि प्रचण्ड प्रधानमन्त्री हुदा प्रधानमन्त्रीको सल्लाहकार पदबाट समेत राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भए नभए भन्नेबारे खुलाइएको छैन