काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

0 Shares

काठमाडौं । काठमाडौं महानगर ६ बौद्धमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बौद्ध गेटस्थित सडकमा बा ९० प ५२०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

मंगलबार राति दुर्घटना हुँदा चितवनको राप्ती नगरपालिका ९ घर भई गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी बस्दै आएका ५२ वर्षीय टीकाबहादुर पुन मगर गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा स्तुपा सामूदायिक अस्पताल चुच्चेपाटीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार