श्री एयरलाइन्सकी एयर होस्टेजलाई दुर्व्यवहार गर्ने ओझा पक्राउ

0 Shares

काठमाडौं । श्री एयरलाइन्समा एयर होस्टेजलाई दुर्व्यवहार अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने जहाजमा सवार यात्रु रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट धनगढी जाँदै गरेको जहाज अवतरण भएपछि प्रहरीले दुर्व्यवहार गर्ने शिवराज ओझालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलालीको गोदावरी नगरपालिका १ घर भएका ओझालाई प्रहरीले अभद्र व्यवहार मुद्दा दायर गरी अनुसन्धान गरिरहेको छ ।

मंगलबार काठमाडौंबाट धनगढी जाने क्रममा उनले सुरुमा एयरहोस्टेज र विवाद बढेपछि विमानका अन्य कर्मचारीलाई दुर्व्यवहार गरेका थिए ।

सम्बन्धित समाचार