सुनको मूल्यमा भारि वृद्धि, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार र तेजावी सुन प्रतितोला एक लाख ४५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यस दिन चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । यस दिन चाँदी एक हजार ७८० रुपैयाँमा किनबेच भईरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार