0
Shares
काठमाडौं । पहिरोले बेँसी सहर चामे सडक अवरुद्ध भएको छ । गए राति निरन्तरको वर्षाले सडकअन्तर्गत लमजुङ बेँसी सहर नगरपालिका ६ खरखरे भिरमा आज बिहान पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार केही वर्षअघि पनि पटकपटक पहिरो खसेको स्थानमा आज पहिरो खसेको हो ।
सो स्थानभन्दा मुनी मर्स्याङ्दी नदी रहेको जोखिमपूर्ण स्थाल हो । सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका स्थानीयलाई समस्या भएको छ ।