ओलीले गरे आफ्नो कट्टर आलोचना गर्नेलाई प्रदेश प्रमुख

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कट्टर आलोचना गर्नेलाई प्रदेश प्रदेश नियुक्त गरेका छन् । सोमबार राती ओलीले मन्त्रीपरिषद् बैठक मार्फत लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरलाई नियुक्त गर्न सिफारिस गरेका हुन् ।

माओवादी केन्द्रबाट प्रदेश प्रमुख भएका अमिक शेरचनलाई हटाएर ओलीले आफ्नो चर्को आलोचना गर्ने नेपाली कांग्रेसबाट प्रदेश प्रमुख मगरलाई सिफारिस गरेका हुन । प्राय आफ्नो कटु आलोचना गर्नेलाई ओलीले राजनीतिबाटै किनारा लगाउछन् । ओलीको आलोचना गरकै कारण घनश्याम भुसाल एकीकृत समाजवादी पुगे भने भीम रावल राजनीतिबाट किनारामा पुगेका छन् । एमालेमा एकसय एक नेताहरु ओलीको आलोचना गरेपछि राजनीतिबाटै ओझेलमा परेका छन् ।

तर, लुम्बिनी प्रदेश प्रमुखमा सिफारिस भएका मगरले यसअघि ओलीको चर्को आलोचना गरेका भिडिया सामाजिक सञ्चालमा भाइरल भएका छन् । मगरले ओलीलाई नपुसक र डोलो भएको भन्दै त्यस्तालाई धन धेरै प्यारो हुने भन्दै अप्रत्यक्ष रुपमा भ्रष्टाचारको संज्ञा दिएका छन् । मगरले सर्वसाधरणको हत्या गरेर जेल परेकाले परिवर्तनका लागि ओली जेल नपरेको ठोकुवा गरेका छन् ।

‘ओली ज्यान मारा हुन । खान नपाएर काठमाडौको ज्यापुनी विह ग¥यो । जिन्दगीभरी जेल बसे । ओलीको बालकोटमा दुई वटा दरबार छन् त्यो एमालेको पार्टी कार्यालय बल्खु भन्दा ठुला दरबार छन् । त्यो बनाउने पैसा कहाँबाट आयो ?’ उनले आरोप लगाउँदै भने, ‘देश ओली जस्ताले देश चलाएर यो अवस्था आएको हो । गाउँघरमा पैसेरु नाचमा अगुवाले ताल विगारे के हुन्छ ? मादलले ताल विगारे के हुन्छ ? त्यसैले बेतावालाले देश चलाइराखेका छन् ।’ मगरले ओली जस्ताले देश चलाएकाले बेताल जस्तो भएकाले आशा गर्नु मुर्खता भएको टिप्पणी गरेका छन् ।

सम्बन्धित समाचार