बैठकमा प्रचण्डले भने- अर्को आन्दोलनमा जान पार्टी विघटन गरौं जस्तो लाग्छ

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले समाजवादी क्रान्तिका लागि अर्को आन्दोलन गर्न पार्टी नै विघटन गरौं जस्तो लाग्ने गरेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठकमा नेताहरुको जवाफ दिनेक्रममा मंगलबार प्रचण्डले पुरानै तरिकाले नहुने भन्दै पार्टीलाई विघटन गरेर जाने सोच आउने गरेको उल्लेख गरे । अध्यक्ष प्रचण्डले बारम्बार पार्टी विघटन गर्ने बताउने गरे पनि यो पटकको बैठकमा नेताहरुको जवाफ दिनेक्रममा समाजवादी क्रान्ति गर्न पार्टी रुपान्तरण गर्नेमा जोड दिएको पार्टी सचिव गणेश शाहले बताए ।

‘पदाधिकारी बैठक गत शुक्रबारबाट सुरु भएको आज अध्यक्षले जवाफ दिएपछि सकियो, पार्टीका नेताहरुले खुलेर आफ्ना कुरा राख्दै पार्टी रुपान्तरणलाई जोड दिएका छन्’ शाहले भने, ‘तर, प्रचण्डले पार्टी जसरी पनि रुपान्तरण गर्नु पर्ने भएकाले अर्को समाजवादी क्रान्ति गर्न विघटन गरेर पुर्नगठनमा जोड दिनु भयो, पार्टी बलियो बनाउन जनतामा जाने र संगठन बलियो बनाउनु पर्छ भन्ने छ ।’

अध्यक्ष प्रचण्डले पार्टी जस्तो बन्छ त्यस्तै काम गर्ने भएकाले रुपान्तरण गरेर समाजवादको यात्रामा जानेमा जोड दिएको शाहले बताए । अब साउन २५ गतेदेखि बस्ने स्थायी समिति बैठकमा सबै नेताहरुको कुरा सुनेपछि पार्टी बलियो बनाएर जाने प्रचण्डले जवाफ दिएका छन् । प्रचण्डले क्रान्तिकारी देशभक्त कम्युष्टी सँग रुपान्तरण, संघर्ष र एकता गर्दै जाने उल्लेख गरेका छन् । बैठकमा प्रचण्डले आफु कम बोलेर अरुको कुरा बढी सुन्ने रणनीति लिएका छन् ।

अध्यक्ष प्रचण्डले २०६९ सालको हेटौँडा महाधिवेसनमा उठाएको उत्पादन ब्रिगेड खडा गर्नु पर्ने धारणा राखेका छन् । सिंगो पार्टीलाई उत्पादनमा जोडेमा आत्मनिर्भर हुनुका साथै देशकै आयात परनिर्भरता घटाउन सकिने प्रचण्डको बुझाई छ ।

 

सम्बन्धित समाचार