आरजु राणा किन मन्त्री क्वाटरमा बस्न गइनन् ?

0 Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा‍. आरजु राणा देउवा आफ्नो निजी निवासबाट मन्त्रालय धाउने गरेकी छन् । उनी बुढानीलकण्ठमा रहेको आफ्नै घरबाट सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय आउने गरेकी हुन् ।

पहिलो पटक मन्त्री बनेकी राणा मन्त्री निवासमा पुल्चोक पाइला टेकेकी छैनन् । संघीय सरकारले मन्त्रीहरूलाई आवास दिने व्यवस्था गरेको छ । जसका लागि सबै मन्त्रीहरूलाई पुल्चोकमा बस्ने व्यवस्था छ ।

पाँच पटक प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी राणा आफ्ना श्रीमानका कारण मन्त्री निवास बस्न नगएको बुझिएको छ । पाँच कार्यकाल प्रधानमन्त्री निवास बालुवाटार बसेका देउवा पुल्चोकस्थित मन्त्री निवासमा जान नमानेपछि आरजु बुढानीलकण्ठ निवासबाट सिंहदरबार धाउने गरेकी हुन् ।

देउवा निकट एक नेताले भने, ‘उहाँको आफ्नै घर भएकाले किन मन्त्री निवास बस्ने भन्ने भयो, त्यसैले उहाँ घरबाट नै मन्त्रालय जानु भएको हो ।’

भुटानी शरणार्थी प्रकरणमा आरजुको नाम जोडिन थालेपछि देउवाले नेकपा एमालेसँग सत्ता सहकार्य गरी संसदको दुई ठूला दलहरू मिलेर सत्ता सहकार्य गरेको आरोप छ । सोही मन्त्रिमण्डलमा आरजु परराष्ट्रमन्त्री बनेकी हुन् ।

प्रायः मन्त्री बनेलगत्तै नेताहरू आफ्नो परिवारलाई लिएर मन्त्री क्वाटर रोज्न पुग्दछन् । यसका साथै आफ्नो परिवारलाई मन पर्ने सामान किन्ने चर्चा मिडियामा आउने गरेको छ । तर, राणा भने आफ्नो निवासबाट सिंहदरबार आउने गरेकी छन् ।

 

सम्बन्धित समाचार