साउन १५ खीर खाएर मनाइदै

0 Shares

काठमाडौं । साउन १५ गते आज नेपालीहरुले खीर आएर मनाउँदै छन् । असार १५ गते दहि चिउरा खाने गरे पनि साउन १५ गते खीर खाएर मनाउँदै छन् ।

देशैभर साउने झरीमा खीर आएर मनाउने गरिन्छ । आफन्त साथीभाई भेट भएर खीर खाने गरिन्छ । खीरमा काजु, बदाम, नरिबल, चिनी लगायत मरमसला हालेर तयार गरिन्छ । खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।

चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिर समेत बनाएर खाने चलन छ ।

खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

सम्बन्धित समाचार