आफन्तले शव भेटेनन्, शवहरूले आफन्त पाएनन् (तस्बिरहरू)

0 Shares

काठमाडौं । बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ भन्दा बढी पुगेको छ । अधिकांश शवको पहिचान हुन सकेको छैन ।

बाढीले बगाएका शव अत्याधिक गर्मीका कारण सड्न थालिसकेका छन् । प्रहरीका अनुसार हालसम्म रसुवामा १३, धदिङमा ४९, गोरखामा ५४, नवलपरासी पूर्वमा १५८, नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ४७ शव फेला परेका छन् ।

बाटो नभएका कारण मृतकका आफन्त शव खोज्न सक्ने अवस्था छैन । यता, आफन्तले शव लान नसक्दा आजदेखि जमिनमुनि शवको व्यवस्थापन हुन सुरु भएको छ ।

सरकारले सडेर शवबाट दुर्गन्ध फैलिन थालेपछि संक्रमण तथा महामारीको जोखिमलाई मध्यनजर गर्दै शव जमिनमा गाड्ने निर्णय गरेको हो ।

डएनए परीक्षणपछि शव पहिचान तथा व्यवस्थापन कक्षमा लैजाँदै

बाढीमा वेपत्ता भएकाको शनिबार त्रिशूली बजारमा नामावली खोज्दै आफन्तहरु ।

शव जमिनमा गाड्ने स्थानबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर पौडेल
बाढीले क्षति पुर्‍ययाएको नुवाकोटको त्रिशूली बजार
बाढीका कारण नारायणी नदीले बगाएर ल्याएका पहिचान हुन बाँकी शवहरूको डिएनए नमुना सङ्कलन गर्दै स्वास्थ्यकर्मी।
डिएनए नमुना सङ्कलन गर्दै स्वास्थ्यकर्मी।फोटो: रासस

सम्बन्धित समाचार