ओलीले संघीयतालाई मात खुवाउने लोप्रोफाइलका व्यक्तिलाई प्रदेश प्रमुख सिफारिस

0 Shares

काठमाडौं । सरकारले बागमती प्रदेश यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई हटाउने निर्णय गर्यो । सोमबार राती बसेको मन्त्रीपरिषद् बैठकले बागमती प्रदेश प्रमुखमा दिपकप्रकाश देवकोटा,लुम्बिनी प्रदेश प्रमुखमा कृष्णबहादुर घर्ती र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्न गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

केपी शर्मा ओली सरकारको नेतृत्वमा आएपछि नेकपा माओवादी केन्द्र निकट प्रदेश प्रमुख फेर्ने निर्णय ग‍र्यो । बागमती प्रदेश प्रमुख शर्मा नेकपा एकीकृत समाजवादी निकट भएकाले हटायो । हटाएका भनिएका परियार माओवादी केन्द्रका तत्काली केन्द्रीय सदस्य हुनुका साथै दलित आन्दोलनमा लामो समय लागेका शीर्ष नेतामा पर्छन् ।

माओवादीले सञ्चालन गरेको जनयुद्धमा समेत शसक्त भुमिका निर्वाह गरेका नेता हुन । शेरचन उपप्रधान मन्त्री सहित कम्युनिस्ट आन्दोलनमा लामो समय जीवन निर्वाह गरेका सम्मानित नेतामा पर्छन् । राजनीतिक जीवनमा विवादमा नपरेका इमान्दार छवि बनाएका शीर्ष नेतामा शेरचन पर्छन् । एकीकृत समाजवादीका शर्मा एमालेका इमान्दार र सम्मानित नेताको रुपमा लिइन्छ । संघीयतालाई बलियो बनाउन नै प्रचण्ड नेतृत्वको सरकारले राजनीतिक व्यक्तित्व भएकालाई प्रदेश प्रमुख बनाएका थिए ।

तर, ओलीले संघीयतालाई मात खुवाउने गरी सामान्य व्यक्तिलाई प्रदेश प्रमुख सिफारिस गरेका छन् । ओलीले सिफारिस गरेका बागमती प्रदेश प्रमुख देवकोटा एमाले अनुशासन आयोगका सदस्य मात्रै हुन । राजनीतिक प्रभाव नजमाएका देवकोटालाई अवसर दिइयो भन्नकै लागि लोप्रोफाइलका नेतालाई प्रदेश प्रमुख बनाएको छ । यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख घर्तीमगर कांग्रेसका पूर्व रोल्पा जिल्ला सभापति मात्रै हुन ।

माओवादी प्रभाव क्षेत्रका कांग्रेसका लोप्रोफाइल नेतालाई ओलीले क्ुनै विचारै नगरी प्रदेश प्रमुख सिफारिस गरेका छन् । कर्णाली प्रदेश प्रमुख जोशी भिमदत्त नगरका पूर्व प्रमुख हुन । कांग्रेसबाट स्थानीय तहका प्रमुख भएकालाई प्रदेश प्रमुखको हैसित दिएपछि संघीयताको ओज र गरिमा के हुने भन्ने प्रश्न उठ्ने देखिएको छ ।

सम्बन्धित समाचार