एकै पटक २२ सचिव भए सरूवा

0 Shares

काठमाडौं । सरकारले एकै पटक २२ जना सचिवको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो ।

जसअनुसार अर्थ सचिवको जिम्मेवारी राजश्व सचिव डा. रामप्रसाद घिमिरेलाई दिइएको छ । अर्थ सचिव मधुकुमार मरासिनी उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् ।

त्यस्तै, अर्थ मन्त्रालमया राजश्व सचिवको जिम्मेवारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरे आइपुगेका छन् । यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् ।

श्रम मन्त्रालयको सचिवको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई दिइएको छ । एक मन्त्रीका अनुसार बैठकले कम्तिमा १५ देशका लागि राजदूतसमेत नियुक्त गरेको छ ।

सम्बन्धित समाचार