काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज बैठक अपराहन्न १ बजे बस्दै छ ।
आजको बैठकमा स्वास्थ्य तथा कृषि मन्त्रीले संसदहरुले सोधेका प्रश्नको उत्तर दिने कार्यतालिका रहेको छ ।
त्यस्तै आज संयुक्त समिति गठन, व्यवस्थापन कार्य र जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलको कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
संयुक्त समिति गठन
सभामुखले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति ९कार्यसञ्चालन० नियमावली, २०८० को नियम २८ को उपनियम ९२० बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहनुहुने माननीय सदस्यहरुको नाम प्रस्ताव गर्ने ।
व्यवस्थापन कार्य
सभामुखले राष्ट्रिय सभामा उत्पत्ति भएको “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथी विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने । त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ू विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने ।
जरुरी सार्वजनिक महत्वको प्रस्ताव
सांसद डा। तोसिमा कार्कीले ‘विपद् व्यवस्थापनमा पुनरावलोकन, बृहत गुरुयोजना निर्माण तथा स्वास्थ्य सङ्कट पूर्व तयारी सम्बन्धमा छलफल गर्न आवश्यक भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने । उक्त प्रस्तावका समर्थक सन्तोष परियार, विराजभक्त श्रेष्ठ, असिम साह, गणेश पराजुली, डा. चन्दा कार्की (भण्डारी), विन्दवासिनी कांसकार र निशा डागीले समर्थन गर्ने ।