0
Shares
काठमाडौ । डा. मुकुल ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
ढकालले आयोगमा निवेदन दिँदै रास्वपाले आफूलाई पदबाट हटाएको पत्र अहिलेसम्म नपाएको र राजनीतिक दलसम्बन्धि ऐनअनुसार आयोगमा पार्टीको विवरण अद्यावधिक नगर्न आग्रह गरेका हुन् ।
उनले आफूलाई सफाईको अवसर नदिएर पदबाट हटाइएको जिकीर गरेका छन् ।

