त्रिशूलीमा देखिएको वस्तु बस नभएको पुष्टि, पत्ता लगाउन नसकेपछि भारतीय टोली फिर्ता हुँदै

0 Shares

काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते शुक्रबार खसेको दुई बस अझै बेपत्ता छन् । दुर्घटना हुँदा बसमा सवार ६५ यात्रुमध्ये तीन जना पौडी खेलेर बाँच्न सफल भए । २५ जनाको शव भेटिँदा बाँकी यात्रु अज्ञात छन् ।

यात्रुसहित बस बेपत्ता भएको आज १७ औँ दिन भएको छ । यसैबीच शनिबार केराबारी क्षेत्रमा पर्ने त्रिशूली नदीमा रातो वस्तु देखिएको थियो । उक्त वस्तु सिमलतालमा खसेको बस नभएको पुष्टि भएको छ ।

स्थानीयले त्रिशूलीबीचमा रातो वस्तु देखिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । उक्त वस्तु बस नभएको सुरक्षाकर्मीको तालिमप्राप्त उद्धार टोलीले हेरेपछि पुष्टि गरेका हो ।

यसैबीच नौ दिनअघि सिमलताल पहिरोबाट त्रिशूलीमा खसेको बस र यात्रु खोज्न नेपाल आएका भारतीय टोली फिर्ता हुने भएका छन् । नेपाली उद्धार टोलीलाई सहायता गरेका भारतीय उद्धार टोली आज फर्किने निश्चित भएको हो ।

असार २८ गते भरतपुर महानगरको वडा नम्बर २९ मा पर्ने सिमलतालमा माथिबाट आएको लेदोसहितको पहिरोले दुई वटा बसलाई त्रिशूलीमा बगाएको थियो ।

सम्बन्धित समाचार