नेप्सेको ओरालो यात्रा रोकिएन, आइतबार ११ अंक बढीले झर्यो सूचक

0 Shares

काठमाडौँ । सेयर बजारको ओरालो यात्राले साताको पहिलो कारोबार दिन आइतबार पनि निरन्तरता पाएको छ । यसअघि बुधबार र बिहीबार पनि बजार घटेको थियो ।

साताको पहिलो दिन आइतबार नेप्से ११.७८ अंकले घटेर १९६० दशमलव ३० बिन्दुमा झरेको छ । आज नेप्सेमा सूचीकृत ३०९ कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँ बराबरको सेयर करोबार भएको छ ।

कारोबारमा आएका १३ मध्ये ११ उपसमुहगत सूचक ओरालो लागेका छन् । होटल तथा पर्यटनमुलक बढेको छ भने बाँकी सबै राताम्मे भएका छन् । नेप्से ओरालो लागेपछि कमाउने भन्दा गुमाउने कम्पनीहरुको सङ्ख्या अधिक छ । आज २०२ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने ९१ कम्पनीका लगानीकर्ताले कमाएका छन् । १६ कम्पनीको सेयर मूल्यमा कुनै फेरबदल भएन ।

सर्वाधिक कारोबारमा आज पनि सोनापुर मिनरल्स एण्ड आयल रहेको छ । कम्पनीको १३ अर्ब २० करोडको सेयर कारोबार भएको छ । यस्तै शिवम सिमेन्टसको ९ करोड ३ लाख, हिमालयन रिको ८ करोड ३० लाख , बोर्टलर्स नेपाल तराईको ५ करोड ८८ लाख र जोशी हाईड्रोपावरको ४ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै मोलुङ्ग हाइड्रोपावर घोराही सिमेन्टस, हिमालयन डिष्टिलरी, आईजीआई पु्रडेन्सियल र डादी गुप्र पनि शीर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् ।

साताको पहिलो दिन ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले सर्वाधिक ९.७० प्रतिशतले कमाएका छन् । त्यस्तै, एनआईसी एशिया ग्रोथ फन्ड–२ को ८.४५, सिवाईसी नेपाल लघुवित्तको ७.८०, बोर्टलर्स नेपाल लिमिटेडको ५.६९, गणपति लघुवित्तको २.८२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आजको बजारमा चिरख्वा हाइड्रोपावरको लगानीकर्ताले सर्वाधिक ७.४९ प्रतिशतले गुमाएका छन् । यस्तै ९५ कामना सेवा विकास बैंक डिबेञ्चर २०८७ को ७.१४ प्रतिशत, बिपिडब्लू लघुवित्तको ६।७६, बोटलर्स नेपाल तराइको ५.६७ प्रतिशत र माथिल्लो मैलुङ्गखोला जलविद्युतका लगानीकर्ताले पनि आज ५.२४ प्रतिशतले गुमाएका छन् ।

सम्बन्धित समाचार