काठमाडौं । नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूलाई बाहिर जथाभावी नबोल्न निर्देशन दिएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा उनले पार्टीका नेताहरूलाई जथाभावी बोल्न नहुने भन्दै निर्देशन दिएका हुन् ।
शुक्रबारदेखि पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले सबै नेताहरूलाई आफ्ना भनाइ राख्न समय दिएका छन् । नेताहरूलाई बोल्न समय सीमा नतोकेको पार्टी प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
पार्टी बैठकको आधिकारिक धारणा प्रवक्ता सापकोटाले मात्रै राख्दै आएका छन् । त्यसैले पार्टी बैठकका बारेमा कुनै नेताहरूले सञ्चार माध्यममा बोलेका छैनन् ।
अध्यक्ष प्रचण्डको निर्देशनबमोजित पार्टी बैठकमा सहभागी नेताहरूले आआफ्नो धारणा राखेका छन् । यस क्रममा नेताहरूले आफ्नै पार्टी बलियो बनाएर अगाडि बढाउनु पर्ने धारणा राखेका छन् ।
सत्ताबाट बाहिर पुगेसँगै प्रचण्डले पार्टीभित्र गम्भीर छलफल गरी आगामी रणनीति बनाउने तयारी गरेका छन् । यस क्रममा उनले सबै नेताहरूसँग समीक्षा गर्ने गरी बैठक बसिरहेको छ ।
पार्टीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दशन शर्माको विषयमा अनावश्यक हल्ला मच्चाएपछि बैठको निर्णय प्रवक्तामार्फत मात्रै जारी गर्न निर्देशन दिएका हुन् ।