काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौं चरणको चेम्बर एक्स्पो २०२४ हुने भएको छ ।
नेपाल चेम्बर अफ कमर्सले काठमाडौँको भृकुटीमण्डपमा फागुन २४ देखि २८ गतेसम्म एक्स्पो संचालन गर्न लागेको हो । स्थानीय उत्पादन तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो हुन लागेको हो ।
उद्योग वाणिज्य अन्तरगतको व्यापार तथा निकासी केन्द्रको सहकार्यमा हुने एक्स्पोमा फोकस कन्ट्रीका रुपमा दक्षिण कोरिया रहेको छ । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायी क्षेत्रहरुलाई एकीकृत गर्ने चेम्बर अफ कमर्सको मुख्य उद्देश्य रहेको छ ।
क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तराष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधी, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरुलाई नजिकबाट नियाल्न सहयोग पुग्ने विश्वास गरिएको छ । साथै उक्त मेलामा इण्डियन चेम्बर अफ कमर्शको अगुवाईमा भारत आयुष एक्जिबिशन कन्फरेन्स समेत संचालन हुनेछ ।
एक्स्पोमा नेपालमा रहेको रुसी दुतावासको वाणिज्य शाखा र मलेसियन दुतावासको वाणिज्य शाखाको पनि सहभागिता रहनेछ । यस्तै बंग्लादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरूले प्रदर्शनीमा सहभागिता जनाउनेछन ।
प्रर्दशनीमा हस्तकलाका बस्तु घरजग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य पुस्तक, सवारी साधन, निमार्ण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहने छन् ।
नेपाल चेम्बर एक्सपो २०२४ मा सिल्भर स्पोन्सरका रुपमा एनसेल रहेको छ भने अफिसियल इन्स्योरेन्स पार्टनरका रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ।
यसैगरी अफिसियल इन्टरनेट पार्टनरमा बन्दनिङ्ग तया जोबन्दी पार्टनरका रुपमा अर्न सिक्का रहेका छन्। प्रदर्शनीमा अग्नी सुरक्षा उपकरणको सहयोग हिटको प्रा।लिले गर्ने भएको छ । एक्स्पोको राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ५० भन्दा बढी स्टल रहने छन् ।
एक्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस प्रा।लिले गरेको छ ।