वैद्य निकट विद्यार्थी संयोजकमा महेश श्रेष्ठ

0 Shares

काठमाडौं । मोहन वैद्य‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको संयोजकमा महेश श्रेष्ठ चयन भएका छन् । अखिल क्रान्तिकारी र अखिल छैठौको विद्यार्थी संगठन एकता भएपछि दुबै संगठनका तर्फबाट शुक्रबार श्रेष्ठ चयन भएका हुन् ।

संगठनको सहसंयोजकमा दिपक पौडेल र प्रभात भट्टराई चयन भएको विद्यार्थी नेता पेसल दाहालले बताए । यस्तै संगठनको कार्यालय सदस्यमा नेत्र शाही, दिपक विष्ट सहित ७५ जना निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार