विमान दुर्घटनामा निधन भएका चार जनाको शव परिवारले बुझे

0 Shares

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका चार जनाको आफन्तले शव बुझेका छन् ।

अस्पतालका अनुसार अहिलेसम्म को-पाइलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौलासहित चार जनाको शव आफन्तले बुझेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेसँगै परिवार शव बुझेका हुन् । केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन् ।

बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको भनाइ छ । बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।

घटनामा पाइलटको सकुशल उद्धार गरिएको थियो । पाइलट मनिषरत्न शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार