कीर्तिपुर नगरपालिका मेयर नकर्मीको निधन

0 Shares

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । नकर्मीको शुत्रबार राति वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले बताए ।

मेयर नकर्मीको निधन भएकाले शुक्रबार कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको ढकालले बताए । उनको पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गरिने भएको छ ।

मेयर नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । मिर्गौलामा समस्या आएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । मेयर नकर्मी नेपाल कांग्रेसबाट निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार