अधिकारी बने राष्ट्रिय योजना आयोगको उपाध्यक्ष

0 Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिविको अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा एमाले कोटाबाट चार महिना सदस्य बनेका थिए ।

त्यस्तै, मन्त्रिपरिषद्ले सदस्यमा आरती मिसार (महोत्तरी), रमेश प्रसाद सिंह (धनुषा), प्रकाशकुमार सिंह (अर्घाखाँची), गीताकुमारी पौडेल  अधिकारी (झापा), डा. जय बहादुर टन्डन (अर्घाखाँची) र गंगादत्त अवस्थी (दार्चुला) लाई नियुक्त गरेको छ ।

सम्बन्धित समाचार