0
Shares
काठमाडौं । मकवानपुरको बकैयामा काठमाडौं निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुंगा लागेर एक मजदुरको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
आज दिउँसो मकवानपुरको बकैया १२ स्थित चालिसेडाँडामा काम गर्ने क्रममा ढुंगा लागेर बारा निजगढका अन्दाजी २७/२८ को विमल थिङको ज्यान गएको र उनीसँगै काम गर्ने तनहुँका अन्दाजी २७/२८ वर्षीय राजु विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
थिङको घटना स्थलमै ज्यान गएको थियो । गम्भीर घाइते विकको हेटौँडा ११ मा रहेको सीएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए ।