सुनको भाउ एकैदिन प्रतितोला २ हजार रुपैयाँ बढ्यो, यसकारण बढ्दै छ मूल्य

0 Shares

काठमाडौँ । साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ बढेको छ । साताको अन्तिम कारोबार दिन ६०० रुपैयाँले बढेको सुनको भाउ आइतबार एकैदिन २ हजार रुपैयाँले बढेको हो ।

अमेरिकी कमर्श डिपाटमेण्टले हालै सार्वजनिक गरेको मुल्य बृद्धि दर सम्वन्धी प्रतिवेदनका कारण सुनको मूल्य वृद्धि भएको बिश्लेषकहरुले बताएका छन् ।

आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार छापावाला सुनको भाउ १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदीको भाउ २० रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ८२ दशमलव ५५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव १३ डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार