नेशनल लघुवित्तले ६ लाख ६९ हजार कित्ता एफपीओ निष्काशन गर्दै

0 Shares

काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ र लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मूनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न चैत १६ गते शुक्रवार, बिहान १०ः३० बजे, धुलिखेल लज रिसोर्ट धुलिखेल, काभ्रेपलाञ्चोकमा सभा आह्वान गरेको हो ।

सभाले गत आर्थिक वर्षको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ८ करोड १३ लाख १५ हजार ४६६ रुपैयाँ ४६ पैसा नगद लाभांश वितरण गर्ने र ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यस्तै सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्त सम्मको वासलात तथा आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु ९अनुसूचीहरु समेता छलफल गरी पारित गर्ने छ ।

त्यसैगरी, सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जस अनुसार फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरु लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार