0
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन विवादको समाधान ठाडो निर्देशनमा गर्न खोज्ने प्रवृति राम्रो नभएको बताए । मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै यस्तो बताएका हुन।
उनले डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौताको बिलको समाधान तथा निरुपण गर्ने विशेष कानूनी र विशेष व्यवस्थाहरुबाट गर्न जरुरी रहेको बताए । सांसद बस्नेतले डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौता समाधानमा विधि र नियम भन्दा बाहिर गएर काम गरिरहेको बताए । उनले सरकारले डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानमा गलतबाट गएको भन्दै सचेत गराए ।
सांसद बस्नेतले नियमक निकायहरुले दैनिक कार्यकारी र व्यवस्थापकिय कामहरुमा रुचि देखाएर आफूलाई विवादित बनाउन नहुने बताए ।