0
Shares
काठमाडौँ । मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार एक हजार रुपैयाँले घटेको सुनको भाउ मंगलबार स्थिर रहेको हो ।
मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, मंगलबार चाँदी १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ४०५ दशमलव ५४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर १३ पैसामा कारोबार भइरहेको छ ।