सोमबार सुनको भाउमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौँ । सुनको भाउमा सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको सुनको भाउ सोमबार १ सय रुपैयाँले बढेको हो ।

सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ४०५ दशमलव ५४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर १३ पैसामा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार