0
Shares
काठमाडौं
बागमती प्रदेश सरकारका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामाले दाबी पेस गर्ने भएका छन् । कांग्रेस र नेकपा एमालेबाट सयुक्त रुपमा लामाले सोमबार दाबी पेस गर्न लागेका हुन् ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिइसकेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा बुझाएका थिए ।जम्कट्टेलको राजीनामासँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए । अब नेता लामाले एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने छन्