0
Shares
काठमाडौं । जारी महिला एशिया कपअन्तर्गत नेपाल पाकिस्तानसँग पराजित भएको छ । नेपालले दिएको १०९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ११.५ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
यसअघि टस हारेर पहिला ब्याटिङ्ग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको थियो । नेपालका लागि सिता राना मगरले २६, पुजा महतोले २५ रन बनाएकी थिइन् भने कविता कुँवरले १३ तथा कविता जोशीले अविजित ३१ रन बनाएकी थिइन् ।
त्यसैगरी पाकिस्तानका बलर सादिया इकवालले २ विकेट लिएकी थिइन् भने फातिमा सानाले एक विकेट लिएकी थिइन् । यो जितपछि पाकिस्तानले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ ।
अब तेस्रो खेलमा पाकिस्तानले मंगलबार युएईविरुद्ध खेल्ने छ । नेपालले आफ्नो दोस्रो खेलमा पहिलो हार बेहोरेको छ । नेपालले तेस्रो खेलमा मंगलबार भारतसँग खेल्ने तालिका छ ।