केपी अ‍ोलीले पाए विश्वासको मत

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमार्फत विश्वासको मत पाएका छन् । उनको पक्षमा १८८ मत खसेको हो ।

ओलीको विपक्षीमा ७४ मत खस्दा एक सांसदले मत दिन्न भन्ने पक्षमा मतदान गरेका थिए । संसद बैठकमा आज कूल २६३ जना सांसद सहभागी थिए ।

ओलीको पक्षमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले मतदान गरेका थिए । यसबाहेक जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिके राउत नेतृत्वको जनमत पार्टीका सांसदले मतदान गरेका थिए ।

प्रधानमन्त्री ओलीको विपक्षीमा नेकपा माअ‍ोवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी पार्टीसहित केही साना दलले मतदान गरेका थिए ।

ओलीले यसअघि विं. सं. २०७४ मा प्रधानमन्त्री भएका थिए । यस समयमा उनले २०८ मत पाएका थिए । जुन प्रतिनिधिसभामा कूल २७५ को तीन तिहाई थियो ।

सम्बन्धित समाचार